नेप्से परिसूचक आज पनि घट्यो, दुई अर्ब ४२ करोडको कारोबार


११ श्रावण २०८०, बिहीबार
share market 1

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो ।

आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर रु दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन् । यस्तै हिमालयन लाइफ इन्स्योरेन्स रु आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३,प्रोगेसिभ फाइनान्स रु छ करोड ८० लाख ७७ हजार,नेपाल पुनरबीमा कम्पनी रु छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक रु छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ । यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य चार दशमलव २० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७