मंसापुरमा युवकको शव भेटियो


१२ श्रावण २०८०, शुक्रबार
death
सांकेतिक तस्वीर

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो ।

यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७