जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आक्रमण गर्ने योजना बनाउँदै अल कायदा : राष्ट्र संघ


१३ श्रावण २०८०, शनिबार
jammu and kashmir trip D5uS3m3y1S

काबुल । आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित गर्न खोजिएको हो ।

यसको जानकारी खुलासा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गरेको हो । राष्ट्र संघका रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । अल कायदा त्यही संगठन हो, जसले अमेरिकामा ९-११ आतंकवादी हमला गराएको थियो ।

यस आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भएको थियो । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् । यसपछि सोही संगठनले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७