आर्थिक संकटले श्रीलङ्काको वास्तविक मित्र पहिचान गराएको पूर्वाधार मन्त्रीको भनाइ


१६ श्रावण २०८०, मंगलवार
SriLanka Flag

काठमाडौं । भारत र श्रीलङ्काबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलङ्काले जनाएको छ ।

श्रीलङ्काका जलस्रोत, आपूर्ति तथा पूर्वाधार मन्त्री जीवन थोन्डमानले भारत र श्रीलङ्काबीचको सम्बन्ध बलियो र घनिष्ठ रहेको बताउँदै आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा उजागर भएको बताएका छन् । पूर्वाधारमन्त्रीले आफ्नो एक सातालामो भारत भ्रमणपछि चेन्नई विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थोन्डमानले भने, ‘गत साता श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेसँग हामीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थियौं । प्रधानमन्त्री मोदीसँगको भेटमा हामीले धेरै विषयमा छलफल गर्यौं र नवीकरणीय क्षेत्रको विकासका लागि सहमति र सम्झौतामा हस्ताक्षर भएको छ ।’ उनले आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा सारा विश्वले थाहा पाएको बताउँदै भने, ‘भारत र श्रीलङ्काबीचको सम्बन्ध निकै प्रगाढ र घनिष्ठ छ । यसमा केही शक्तिको घुसपैठले कुनै अर्थ राख्दैन ।’

श्रीलङ्काका मन्त्रीले प्रधानमन्त्री मोदीसँगको भेटमा विशेषगरी तामिल समुदायका साथै मछुवाका मुद्दासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको बताए । उनले आइतबार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई पनि भेटेर मछुवाहरूको समस्याको स्थायी समाधानका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७