न्यूरोडमा आठ तला माथिबाट हाम फालेर मृत्यु


१७ श्रावण २०८०, बुधबार
death
सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौंको न्यूरोडमा आठ तलाबाट हाम फाल्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।

न्यूरोड मासागल्लीस्थित आफ्नै घरको छतबाट हामफालेका गुप्तालाई उपचारका लागि लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ । न्यूरोडमा रहेको उक्त घरको माथिल्लो तलामा आफू बस्दै आएका थिए भने बाँकी तला व्यापारीक प्रयोजनका लागि भाडामा लगाइएको थियो ।

गुप्ताको परिवार भने बालुवाटारमा रहेको अर्को घरमा बस्दै आएका थिए । मंगलबार दिउँसो साढे १ बजे उनले हामफालेका थिए । हामफाल्नु अघि उनी उक्त घरमा निकैबेर तलमाथि गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७