१८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेर पत्नीसँग अलग्गिए क्यानडाका प्रधानमन्त्री


१८ श्रावण २०८०, बिहीबार
Justin Trudeau sophie HRYNS5c6ey

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद हुने भएको छ । प्रधानमन्त्री ट्रुडोको कार्यालयले बुधबार यसको जानकारी दिएको हो ।

यससँगै उनीहरुको १८ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको छ । उनीहरुले अलग्गिने गरी कानुनी सम्झौतामा हस्ताक्षर गरेको जनाइको छ ।

‘अलग हुने उनीहरुको निर्णयका सम्बन्धमा दुवैले सबै कानुनी र नैतिक कदमहरु सुनिश्चित गरेका छन् । आउँदा दिनमा पनि त्यसलाई उनीहरुले जारी राख्नेछन्,’ वक्तव्यमा भनिएको छ । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीबीच २००५ मा विवाह भएको थियो । उनीहरुका तीन सन्तान छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७