माओवादी केन्द्रीय समिति बैठक जारी : बाँकी नेताले आज धारणा राख्दै

पार्टी विघटन गर्नुपर्ने अवस्थामा पुगेको अधिकांश नेताहरूकाे टिप्पणी


१९ श्रावण २०८०, शुक्रबार
maobadi party

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (शुक्रबार) तेस्रो दिन पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने आजको बैठकमा पनि आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।
केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका थिए । बुधबार पहिलो दिन १८ जनाले बोलेका थिए ।

अधिकांश नेताहरूले गाउँ फर्कने कि पार्टी विघटन गर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका थिए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनु पर्नेमा नेताहरूको जोड थियो । नेताहरूले पार्टी बिग्रिएको भन्दै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पार्टी पार्टी जस्तो बन्न नसकेको टिप्पणी गरेका थिए ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७