दोलखामा पहिरोले घर बगाउँदा चार जना बेपत्ता, घाइतेलाई काठमाडौं ल्याइँदै


१९ श्रावण २०८०, शुक्रबार

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । तीन जनाको उद्दार गरिएको छ ।

गए राति दुई वटा घर पुर्दा एक घरका तीन र अर्को घरका एक जना गरी चार जना बेपत्ता भएका हुन् । घाइते तीन जनाको उद्धार गरिएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक बासुदेव थापाले जानकारी दिएका छन् । बेपत्ता र घाइतेको अहिलेसम्म परिचय खुलिनसकेको उनले बताए । बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

यस्तै गए रातिको वर्षाले सोही वडाको सल्ले गाउँका दुई घर बगाएको छ । १५ घर विस्थापित भएको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् । दुर्गम भएकाले पहिरोबाट भएको यकिन क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७