नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध


२० श्रावण २०८०, शनिबार
Mugling sadak 2

चितवन । नारायणगढ मुग्लिन सडकको जलवीरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका–६, मा पर्ने जलबीरेमा सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ । उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७