बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना


२३ श्रावण २०८०, मंगलवार
Ranil Wickremesinghe

काठमाडौं । श्रीलङ्काको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका छन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युतको मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन् ।

श्रीलङ्काले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ । यद्यपि विद्युत उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू अबलम्वन पनि गरिरहेको छ । श्रीलङ्काले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७