कपनको खहरे खोला खोल्न काठमाडौं महानगरले चलायो डोजर


२६ श्रावण २०८०, शुक्रबार
dojar kapan

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोल्न डोजर चलाएको छ । आज (शुक्रबार) काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ को सीमानामा रहेको सात तले चोक नजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ का वडाध्यक्षबीच सहमति भएपछि महानगरपालिकाका दुई वटा डोजरले खहरे खोला खोल्न थालेका हुन् । शुक्रबार काठमाडौं र बूढानीलकण्ठका जनप्रतिनिधिहरूबीच नापी कार्यालय चाबहीलमा बैठक बसेको थियो ।

उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सीमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ । यसअघि बिहीबार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना हुँदा डोजर खोलामा प्रवेश नगरी फर्किएको थियो ।

sahamati

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७