काठमाडौं उपत्यकासहित चार जिल्लामा आज बाढी र डुबानको जोखिम, सर्तक रहन आग्रह


२७ श्रावण २०८०, शनिबार
bagmati baadi pic 1024x513 1
फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यकाका तीनसहित चार जिल्लामा आज (शनिबार) बाढी र डुबानको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन प्रभावित क्षेत्रका बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम देखिएको हो ।

यस्तै आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपुर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हरियो रङले बाढीको न्यून जोखिम, पहेलो रङले बाढीको मध्यम जोखिम, सुन्तला रङले बाढीको उच्च जोखिम तथा रातो रङले बाढीको अति उच्च जोखिम हुने संकेत गर्छन् । देशका धेरै ठाउँमा आज बिहानैदेखि हल्कादेखि मध्यम पानी परिरहेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मौसम पूर्वानुमान् महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकाले बाढी-पहिरो र भेलपहिरोको जोखिम हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । त्यस्तै भोलि र पर्सी बागमतीसहित नारायणी, कर्णाली, राप्ती, बबई, महाकाली नदी र सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने अनुमान छ । सात वटै प्रदेशका मुख्य नदी र स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

F3TabSaaAAEOkuA MgK2gDRdHM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७