रोनाल्डोले अल नासरबाट जिते पहिलो उपाधि


२८ श्रावण २०८०, आईतवार
ronaldo1691884958

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ ।

साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो । अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा सम्पन्न खेलमा रोनाल्डोले अल नासरका लागि दुई गोल गरे । अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन् ।

खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो । तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को अग्रतामा राखेका थिए । यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचाल्यो । त्यसअघि खेलको ७१औँ मिनेटमा अब्दुलेलह अल–अमरीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि अल नासरले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७