पहिरोले बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध

बुटवल । लगातारको बर्षाका कारण पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित ३० माइलमा सडक माथिबाट पहिरो झरेको हो ।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गएराती १२ बजेदेखि सडक अवरूद्ध भएको बताए । पहिरो पन्छाएर अवरूद्ध सडक खुलाउने प्रयास भए पनि सडक खुलिनसकेको थापाले जानकारी दिए ।
पहिरोसँगै सडकमा रूख ढलेर अवरूद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधनहरू बीच बाटामा रोकिएका छन् ।