आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता


२ भाद्र २०८०, शनिबार
death
सांकेतिक तस्वीर

गण्डकी । आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ । कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो ।

आचारसंहिता कोशिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे । सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक घिमिरेले बताए । आचारसंहिता तयार गर्न कोशिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गरेका थिए ।

सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोशिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको घिमिरेले बताए । सञ्चार माध्यममा प्रकाशन / प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहोर्‍याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यानदिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उनले यसको कार्यान्वयनले आत्महत्यादर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एक पटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७