सदन खुलाउन प्रतिपक्ष र सत्ता पक्ष दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल


३ भाद्र २०८०, आईतवार
devraj sachetak

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अगाडि सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्ता पक्ष दलका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को अवरोध हटाउन पहल थालेका छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक पूर्व दलका प्रमुख सचेतकसँग घिमिरेले छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा उपसभामुख इन्दिरा राना, कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका प्रमुख सचेतक तथा सचेतकहरू छलफलमा सहभागी छन् ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यता सरकारले भने राज्यको संयन्त्रले नै अनुसन्धान गरिरहेकोले अर्को छुट्टै छानबिन समिति नचाहिने बताउँदै आएको छ । एमालेका कारण गत साउन महिनाभर प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालनमा अवरोध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७