संसद वैठक भदौं ५ सम्मका लागि स्थगित


३ भाद्र २०८०, आईतवार
Samsad1692006878

काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि सभामुख देवराज घिमिरेले सूचनाबाटै बैठक स्थगित गरिदिएका हुन् ।

संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको अडान कायम राखेको छ भने सत्तापक्षले सीआईबीमार्फत अनुसन्धान हुन दिनुपर्ने भन्दै आएको छ । यसै विवादका कारण गत साउन १० गते यता संसद् चल्न सकेको छैन ।

samsad baithak1692523693

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७