बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा : भण्डारीसँग सिंह २५ मतले पछि


१७ बैशाख २०८१, सोमबार
bhajang candidate

बझाङ । बझाङ प्रदेशसभा–१ मा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका भण्डारीले १० हजार १४९ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत पाएका छन् ।

एमालेका भण्डारी र कांग्रेसका सिंहबीचको मतान्तर २५ रहेको छ । यस्तै, तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ९५ मत पाएका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय २७ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७