मिनबहादुर गुरुङसहित १८ जना थप तीन दिन हिरासतमै रहने


४ भाद्र २०८०, सोमबार
lalita Niwash

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउहरु थप तीन दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

साउन ३१ मा थप भएको म्याद सकिएपछि प्रहरीले म्याद मागेको थियो । ब्युरोले ललिता निवास प्रकरणमा अनुसन्धान पुरा भएको जानकारी दिएको छ । सोमबार राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिने केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७