मौसम बिग्रिएपछि प्रधानमन्त्री सुर्खेतमै, सर्वदलीय बैठकको समय सर्‍यो


४ भाद्र २०८०, सोमबार
Prachanda 9 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकको समय सरेको छ । संसद् गतिरोध अन्त्यका लागि ४ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको हो ।

आज (सोमबार) सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्ड मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।

तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर निष्कर्षमा पुर्‍याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुवै दल आ–आफ्ना अडानमा कायमै राखेपछि साउन १० गतेदेखि संसद् चल्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन प्रधानमन्त्रीदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पटक पटक छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।

सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरेपछि हिजोको बैठक स्थगित गरी आजको लागि बस्न लागेको हो । आजको बैठकमा एमाले अध्यक्ष ओली पनि जाने बताइएको छ । हिजोको बैठकमा ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख समेतक पदम गिरीलाई पठाएर आफू गएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७