सशस्त्रका ५६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूची)


५ भाद्र २०८०, मंगलवार
apf office

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आज (मंगलबार) ५६ जना एसपीमा र ८४ जना डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ । बढुवा हुने एसपी सि.सं ३ र डीएसपी सि.सं ७ का रहेका छन् ।

२०६० भाद्र २९ गते भर्ना भएका सि.सं ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपी भएका हुन् । यस्तै २०६४ सालको सि.सं ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेको छन् भने आज बाँकी ८४ जना बढुवा भएका हुन् । त्यस्तै २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी भएका छन् ।

डीएसपी भएका दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ । सि.सं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोस्रो लटमा डिएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डिएसपी बढुवा भएका थिए ।

गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपी देखि सहायक हवलदार सम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो । जसअनुसार करिब १ महिनाको बिचमा एसएसपी १२ , एसपी ५६ , डिएसपी ८४ , इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवलदार १ सय १८ , हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरी कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७