खडेरीका कारण २ लाख ५० हजार श्रीलङ्कालीहरू पिउने पानीको अभावमा


६ भाद्र २०८०, बुधबार
starvation cT3r3wp5Z0 bXHDPV3lcM

काठमाडौं । खडेरीका कारण करिब २५०,००० श्रीलङ्कालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मङ्गलबार यसबारे सार्वजनिक जानकारी गराएको छ ।

डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ ।

यसअघि श्रीलङ्काको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो । मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७