एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा


६ भाद्र २०८०, बुधबार
rugby asiad 5qBgjnRJaS

काठमाडौँ । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ, चीन र फिलिपिन्स रहेका छन् । नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ ।

यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिङ्गापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएई, चीन र अफगानिस्तान छन् । रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन् । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङ्कङविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।

एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलङ्काका सन विजेसिङ्घेले प्रशिक्षण दिइरहेका छन् । नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७