लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल नजिक


६ भाद्र २०८०, बुधबार
NepalWomen OfbOXuVe5N

काठमाडौँ । मलेसियामा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
आज (बुधबार) भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । यसअघि मंगलबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

बुधबार नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । कुवेतका लागि जिफा जिलानीले ११ रन जोडिन् । नेपालका लागि इन्दु वर्माले ३ विकेट, खुसी डंगोल २ तथा सीता राना मगर, इश्वरी विष्ट र कविता कुँवरले एक–एक विकेट लिए ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक २३ रन बनाइन् । बिन्दु रावलले २० रनको योगदान गरिन् । काजल श्रेष्ठले १७ रन जोडिन् । कुवेतका लागि मारिअम्मा हैदरले ४ तथा मरयम ओमारले २ विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७