ललिता निवास प्रकरण : आज अदालतमा अभियोजन दर्ता गरिंदै


१० भाद्र २०८०, आईतवार
lalita niwash 1

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा अभियोजन (मुद्दा) दायर गर्ने तयारी भएको छ । यो प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।

सीआईबीको फाइल अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनको तयारी गरेको हो । आज वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दायर गर्ने तयारी गरेको हो । शुक्रबार नै मुद्दा दर्ताको तयारी गरिएपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिने कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

सीआईबीको सिफारिसअुनसार अभियोजन हुने वकिल कार्यालय स्रोतले जनाएको छ । प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिव समेत २८६ जनालाई प्रतिवादी बनाएको छ । यता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौडेललाई भने साक्षी मात्र बनाएको छ ।

ललिता निवास परिसरको १४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक–पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ । हाल १८ जना प्रतिवादी हिरासतमा छन् भने ६ जना माथि हिरासतबाहिर राखेर अनुसन्धान भइरहेको छ । विसं २०४९ देखि २०६९ सम्ममा पटक–पटकको मितिमा सरकारी जग्गा हिनामिना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७