ललिता निवास प्रकरण : आजदेखि थुनामा रहेका १८ प्रतिवादीको बयान


११ भाद्र २०८०, सोमबार
lalita niwash 2

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका विषयमा आज (सोमबार) देखि जिल्ला अदालत काठमाडौंमा बयान हुँदैछ । आइतबार सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आजदेखि उनीहरुसँग बयान लिइने भएको हो ।

जसमध्ये यस जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म ‘सङ्गठित कीर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘सङ्गठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदावी लिएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७