अचानक किन रोकियो समाजवादी मोर्चाको आज हुने भनिएको सुदूरपश्चिमको सभा ?


१३ भाद्र २०८०, बुधबार
Samajbadi Morcha 1

काठमाडौं । समाजवादी मोर्चा नेपालको आज (बुधबार) धनगढीमा हुने भनिएको सन्देश सभा कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको व्यस्तताका कारण कार्यक्रम स्थगित भएको नेकपाका नेता असल सीले जानकारी दिए ।

आज धनगढीमा प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्वप ्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने कार्यक्रमको योजना बनाएको छ । हिजो लुम्बिनी प्रदेशमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७