नेपालको चुच्चे नक्सा नसमेटेपछि मेयर बालेनद्वारा चीनको भ्रमण रद्द


१४ भाद्र २०८०, बिहीबार
Balen 1

काठमाडौँ । केहि दिनअघि मात्र चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख (मेयर) बालेन बालेन्द्र) शाहले चीनको पाँच दिने भ्रमण रद्ध गरेका छन् ।

आज (बिहीबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकका आधारमा रद्ध गरेको जानकारी गराएका छन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

b 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७