भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा


१५ भाद्र २०८०, शुक्रबार
BRK KTM 1

काठमाडौँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत नेपाल आएकी हुन् ।

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन) मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । ‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ’, उनले भने, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।’

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’ बारे अन्तरक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए । आज (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७