पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त सिईओ भुसालले कार्यभार सम्हाले


७ कार्तिक २०७४, मंगलवार

काठमाडौं : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त सिईओ युवराज भुसालले कार्यभार सम्हालेका छन् ।  प्राधिकरणमा तेस्रो सिईओको रुपमा पुर्ननिर्माण प्राधिकरण छिरेका भुसालले मंगलबार कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

Yubraj bhusal 3

 

नियुक्त गरेपछि उनले पत्रकार सम्मेलन गरी कर्मचारीहरुसँग छलफल गरेर छिट्टै नै पुर्ननिर्माणको काम थाल्ने बताए । दातृ निकायले गरेको सहयोग रकमको सदुपयोग गर्दै सकेसम्म छिट्ट नै भूकम्पपीतिलाई आवासको व्यवस्था गर्न पहल गर्ने जानकारी दिए । उनले भने ‘म अव छिट्टै नै एउटा बलियो टिम बनाउँछु अनि पुर्ननिर्माणको कामलाई तिव्रता दिन्छु ।’ उनी सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो।

सुशील ज्ञवाली र गोविन्द पोखरेल पछि भुसाल प्राधिकरणका तेस्रो सिइओ हुन्। कांग्रेस प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नाम सिफारिस भएपछि सिइओ पोखरेलले आइतबार राजीनामा दिएका थिए। नेपाल सरकारको सचिव समेत भएका गुल्मीका भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन्।

Yubraj bhusal 3 Yubraj bhusal 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७