अभियान उदघाटन गर्दै प्रचण्डले भने, ‘जनतामा अब केहि हुन्छ भन्ने आशा जागेको छ’

‘जनतासँग हामी सुध्रन चाहन्छौं भन्नु पर्छ’


१६ भाद्र २०८०, शनिबार
prachanda aviyan 1 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देश इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।

आज (शनिबार) पार्टीको तीन महिने रुपान्तरण अभियानको उदटन गर्दै उनले पार्टी एक ढिक्का भएर अघि बढे चुनौतीको सामना गर्न सकिने बताए । ‘सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्ने हो भने हाम्रा अघि खडा भएका सबै चुनौती सामना गर्न सकिन्छ र माओवादीलाई देशकै बलियो र भरोसायोग्य पार्टीमा रुपान्तरण गर्न सकिन्छ’, उनले भने ।

prachanda aviyan 2

प्रचण्डले सरकारले गरेको काम जनताप्रति पुर्‍याउन नसकिएको बताए । उनले तीन महिने अभियानमा सरकारका काम जनतासम्म पुर्‍याइने र अभियान सफल हुने दाबी गरे । सरकार गरेका कामले जनतामा नयाँ आशाको सञ्चार भएको बताए । पार्टीमा पनि आशा र उत्साह बढ्दै गएको उनको भनाइ । उनले सरकालाई काम गर्न नदिन घेराबन्दी गरिएको भन्दै थप जिम्मेवार बनाएको समेत बताए ।

अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् । ‘जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ’, प्रचण्डले भने, ‘त्यसका लागि अभियानसहित घरदैलोमा छौं । कमरेड लेनिनले भनेज स्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।’

उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । प्रचण्डले वेथितिको चाङ भएको बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए । उनले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७