इराकमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु


१७ भाद्र २०८०, आईतवार
Irak 1693704123

काठमाडौं । इराकमा धार्मिक भेलाका क्रममा भएको सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु भएको छ । दुजैल र समरा सहरको बीचमा भएको दुर्घटनामा कम्तीमा १३ जना घाइते भएका छन् । जसमा धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् ।

राज्य समाचार एजेन्सी आईएनएले शनिबार सालाहेद्दिन प्रान्तका स्वास्थ्य सेवाका निर्देशक खालेद बुरहानको मृत्यु हुनेको संख्यालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

बुरहानले दुर्घटनाको अवस्थाबारे विस्तृत जानकारी दिएनन् तर मृतकमध्ये अधिकांश इरानका आगन्तुकहरू रहेको बताए । घाइतेहरूलाई अस्पताल लगिएको उनले बताए । शुक्रबार मध्यरातमा दुई वटा मिनीबसहरू आपसमा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७