नेनाज फाउन्डेसनद्वारा गरिब विद्यार्थीलाई सहयोग


४ जेष्ठ २०७५, शुक्रबार
newaj foundation

सन्धिखर्क(अर्घाखाँची), ४ जेठ । मालारानी गाउँपालिका वार्ड न. ५ बाँगीका छ वटा स्कुलका आठ विद्यार्थीलाई नेनाज फाउन्डेसन नेपालद्वारा सहयोग प्रदान गरेका छन् ।newaj foundation

बिहिबार एक कार्यक्रम गरी मालारानी बाँगी आरुखोरमा नेनाज फाउन्डेसनले आर्थिक समस्यामा परेका बाँगी बासीका गरिब परिवारका विद्यार्थीलाई आर्थिक र भौतिक सहयोग गरेको हो । फाउन्डेसनले सालको चारपटक छात्रवृत्ति रु २५०० आर्थिकसहित किताब, कापी, कलम, झोला उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीहरुलाई राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले वितरण गरेका थिए । भने शान्ति मा.वि.का प्र.अ. मान ब. पाण्डे, मालारानी गाउँपालिकाका वडा अध्यक्ष शोभाखर भुसाल, पत्रकार नवीन केसी लगायत माननीय व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

गरिब परिवारमा जन्मेका विद्यार्थी शैक्षिक शुल्क बुझाउन नसक्नेहरुको अध्ययन नरोकियोस् भनेर त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले नेनाज फाउन्डेसन नेपालको स्थापना भएको हो । सन् २०१५ मा स्थापित फाउन्डेसनले माया र शिक्षाबीच गठिलो सम्बन्ध कायम राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७