प्रधानमन्त्री प्रचण्ड र बालेनको अराजक शैलीले देश चल्न सक्दैन : डा. शेखर कोइराला


१९ भाद्र २०८०, मंगलवार
Shekhar koirala
फाइल फोटो

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज (मंगलबार) पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जातीय पहिचानको राज्य बनाइ दिने जस्ता अराजक अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिन नहुने बताएका हुन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताएका छन्ड ।
‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइ दिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुरालाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ,’ उनले भने ।
डा. कोइरालाले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिन सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७