लिबिया बाढी : दुई हजार बढीको मृत्युको आशंका, १० हजार बेपत्ता


२७ भाद्र २०८०, बुधबार
20230912170708

काठमाडौं । पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको संख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।

मङ्गलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्समार्फत जेनेभामा संयुक्त राष्ट्र सङ्घको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको संख्या धेरै ठूलो भएको जनाउँदै क्षतिको आंकलन सकिएपछि ज्यान गुमाउनेको संख्या हजारौँ पुग्नसक्ने उनले बताए । लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका भएको मुसलधारे वर्षासँगै अचानक आएको बाढीमा परी पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७