लिङ्देनको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं, राजालाई पनि ‘स्पेश’ दिऔं,

‘धार्मिक द्वन्द्व निम्त्याउन धर्म निरपेक्षता ल्याइएको हो’


२७ भाद्र २०८०, बुधबार
Rajendra Lingden
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेम्वाङले राजालाई अभिभावकीय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव गरेका छन् ।

उनले देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको ‘स्पेश’ दिनु पर्ने बताए । अध्यक्ष नेम्वाङले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनु हुन्छ भने समय बितिसकेको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढौं । ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौताको भरिया बनेर आउनु भयो र त्यही बाटोबाट देशलाई हिँडाउनु भयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपाईहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

उनले भने, ‘राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं । नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो । संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग–अलग भएर चुनाव लडे पनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको आरोप लगाएका छन् । उनले धर्म निरपेक्षताको आडमा धर्मान्तरण बढिरहेको बताए । उनले भने, ‘धर्म निरपेक्षता अकारण आएको थिएन । यही धार्मिक द्वन्द्व निम्त्याउनको लागि हाम्रो बीचको एकता समाप्त गर्न र हामीलाई विभाजित गर्न ल्याइएको थियो । हामीले बारम्बार यही कुरा भन्दै आइरहेका थियौं आज प्रमाणित हुँदै आइरहेको छ । त्यसैले अब हामी सबै जाग्ने बेलामा आइसकेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७