एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भदौं ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सदस्य थप गरेको जानकारी गराएको हो ।
पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।
यी हुन् मनोनित २१ जना
१. अजबहादुर मल्ल – बाजुरा
२. ओमचरण अमात्य-भक्ततपुर
३. गौतम राई-काठमाडौँ
४. गोविन्द चेपाङ-मकवानपुर
५. चन्द्रा श्रेष्ठ-झापा
६. चिरञ्जीवी भट्टराई-सुनसरी
७. जयप्रकाश यादव-बारा
८. दिपक केसी-काठमाडौँ
९. धनबहादुर कार्की-दोलखा
१०. धर्म शाही-मुगु
११. नन्द बञ्जाडे-काठमाडौं
१२. बरुनाथ योगी-दैलेख
१३. बैकुण्ठ भुसाल-पर्बत
१४. भक्तिमान सुब्बा-पाँचथर
१५. मिना लामा-मकवानपुर
१६. रामप्रसाद ढुङाना-काठमाडौँ
१७. लंक हमाल-कपिलवस्तु
१८. शालिकराम भट्टराई-नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल-काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय-रूपन्देही
२१. सुदेश पराजुली-काठमाडौँ