६० किलो सुन तस्करी प्रकरणको मुद्दा आज दर्ता गरिंदै


३१ भाद्र २०८०, आईतवार
adalat ktm1641982934

काठमाडौँ । ६० किलो बढी सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज (आइतबार) मुद्दा दर्ता गरिंदैछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्न लागेको हो । सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सीआईबीले कारबाहीका लागि सिफारिस गरिएकामध्ये १८ जना फरार छन् ।

तस्करहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैंक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ । अहिलेसम्म पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् । सीआईबीले गएको बुधवार आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । सीआईबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७