सुनचाँदीको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।