उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, कसको कहाँ ? (सूचीसहित)


३१ भाद्र २०८०, आईतवार
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौँ । उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा भएको छ । न्यायपरिषद्को आइतबारको बैठकले १२ न्यायाधीशको सरुवा गरेको हो ।

यसअघि शुक्रबार बसेको बैठकले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो । उच्च अदालत जनकपुरकी न्यायाधीश शारङ्गा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ ।

उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ । तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ । यस्तै उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमै सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७