शिक्षा विधेयकको विरोधमा सडकमा उर्लिएको शिक्षक (तस्वीरहरू)


४ आश्विन २०८०, बिहीबार
aducations andolan

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन्।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरूले माइतीघरमा भेला भई बुधबारबाट आन्दोलनमा उत्रिएका हुन्। आज दोस्रो दिन पनि उनीहरूको आन्दोलन यथावत छ। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १७ बुँदे असहमति प्रकट गरेको छ।

educations andolan 7 scaled

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।
उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

educations andolan 5 scaled


शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन्। बुधबार देखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।

शिक्षा विधेयकमा के छ ? (पूर्ण पाठ)

educations andolan 4 scaled
educations andolan 13 scaled
educations andolan 8 scaled
educations andolan 12 scaled
educations andolan 10 scaled
educations 1 scaled
educations 2 scaled
educations 3
educations andolan 6 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७