एसियाली खेलकुद आज चीनमा उद्घाटन हुँदै, २५३ नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै


६ आश्विन २०८०, शनिबार
asian game china 2023 nepali team1695371070

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज चीनको हान्झाउ शहरमा हुँदैछ । केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन चीनका राष्ट्रपति सी जीनपिङले गर्दैछन् । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा ४८१ प्रतिस्पर्धा हुनेछन् । आज हुने उद्घाटन समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । हर्ट टु हर्ट एट फ्युचर अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म मूल नारा रहेको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७