दाङमा तीन जनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु


६ आश्विन २०८०, शनिबार
khukuri prahar KTvwPMyZyF
सांकेतिक तस्वीर

दाङ । दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन् । आज (शनिबार) दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिव ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीन जनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट करिब ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार टेकबहादुरले रितालाई उनकै घर अगाडि घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । टेकबहादुरले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अबस्था मध्यम रहेको बताइएको छ ।

कमलाकुमारीको अवस्था गम्भीर रहेकाले उनलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरभित्र लुकिछिपी बसेको अबस्थामा उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले डिप्रेसनको औषधि सेवन गरिरहेको बुझिएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७