राष्ट्र संघमा रुसी विदेशमन्त्रीले पश्चिममा मुलुकलाई भने, ‘झुटको साम्राज्य’


७ आश्विन २०८०, आईतवार
Russia bideshmantri 1695540593

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमलाई ‘झुटको साम्राज्य’ भन्दै युक्रेन युद्धमा समर्थन जुटाउन ‘ग्लोबल साउथ’ मा प्ले गर्न खाजेको बताएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७८औँ महासभामा शनिबार आफ्नो भाषणका क्रममा लाभरोभले बहुसंख्यक विश्वलाई पश्चिमले धोका दिइरहेको टिप्पणी गरेका हुन् ।

‘संयुक्त राज्य अमेरिका र यसको अधीनस्थ सामूहिकले द्वन्द्वलाई निरन्तरता दिइरहेको छ र मानवतालाई कृत्रिम रूपमा शत्रुतापूर्ण ब्लकमा विभाजित गरेर समग्र उद्देश्यको उपलब्धिमा बाधा पुर्‍याइरहेको छ’, लाभरोभले भने, ‘उनीहरूले संसारलाई आफ्नै आत्मकेन्द्रित नियमअनुसार खेल्न-चल्न बाध्य पार्न खोजिरहेका छन् ।’

भाषणपछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राखेको १० बुँदे प्रस्ताव र ब्ल्याक सीको अन्न निर्यात सम्झौता पुनर्जीवित गर्ने प्रस्तावलाई खारेज गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७