नेपालको व्यापार घाटा २३ करोड ३३ लाख


७ आश्विन २०८०, आईतवार
bandargaha

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का दुई महिनामा व्यापार घाटा २३ करोड ३३ लाख दुई हजार रुपैयाँ रहेको छ ।
भन्सार विभागका अनुसार भदौ मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्म २४ करोड ४९ लाख १९ हजार रुपैयाँ व्यापार घाटा थियो ।

चालु आर्थिक वर्षको भदौसम्म २५ करोड ९७ लाख ४९ हजार रुपैयाँको आयात भएको छ । उक्त अवधिमा दुई करोड ६४ लाख ४७ हजार रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७