पीएसजीको सहज जीत : एम्बाप्पे घाइते


८ आश्विन २०८०, सोमबार
383770764 1366767087520667 2664703429833519047 n lpDZMAKGvH

पेरिस । किलियान एमबाप्पे चोटग्रस्त बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ । पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए ।

एमबाप्पेले अक्टोबर ४ मा हुने च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने आशङ्का गरिएको । अचर्फ हाकिमी र रान्डल कोलो मुआनीको एक–एक र गोन्कालो रामोसले दुई गोल गरेपछि पीएसजीले मार्सेलीलाई ४–० ले हरायो ।

यसले उनीहरूलाई लिग वानमा तेस्रो स्थानमा उक्लिएका छन् । प्रारम्भिक सिजन लिडर ब्रेस्ट भन्दा टोली दुई अंकले पछि रहेको छ । लुइस एनरिकको टोलीले आफ्नो अघिल्लो खेलमा घरमा निससँग ३–२ ले हारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७