साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै


१० आश्विन २०८०, बुधबार
saff

काठमाडौँ । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७