झलनाथ खनालको प्रष्टिकरण : मैले सर्प पालेको छैन


१० आश्विन २०८०, बुधबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (बुधबार) काठमाण्डौमा आयोजित नेपाल शर्ट फिल्म अवार्ड २०२३ कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् । उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए । सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि खनालले स्पष्ट पारे ।

सर्प पालनमा आफ्नो कुनै लगानी नरहेको भन्दै उनले भने, ‘झलनाथले ७३ करोड पैसा ल्याएर सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ । सर्प पालनमा न मेरो कुनै लगानी छ, न कुनै अरू पेसा व्यवसाय छ ।’ नेता खनालले कला, साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७