पूर्व आईजीपीका पीएसओकी श्रीमतीमाथि गोली प्रहार


११ आश्विन २०८०, बिहीबार
shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या
सांकेतिक तस्विर

काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ ।

बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।

‘पीएसओकी श्रीमतीको कोखामा गोली लागेको छ । उनी आफैंले मिस्टेक्लि चलाएको हुनसक्छ । थप अनुसन्धान गर्दैछौं । घाइतेलाई अस्पताल लगिएको छ’, ढुंगेलले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७