नायक अनमोल केसी नर्भिकमा भर्ना


१३ आश्विन २०८०, शनिबार
anmol kc wV4jtRATI1

काठमाडौं । नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो (शुक्रबार) दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले जानकारी दिएको छ ।

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राऊ परेका थिए ।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा ब्यस्त थिए । अनमोल र निर्माताबीचको सम्झौता अनुसार बुधबारदेखि नै फिल्म सुटिङ सुरु भइसक्नु पर्ने हो ।

तर फिल्म सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो । त्यसपछि अनमोलविरुद्ध जाहेरी दिन निर्माता पक्ष उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो । अभिनेता केसीविरुद्ध जाहेरी लिएर आएपछि प्रहरीले केसीलाई सम्पर्क गरेर छलफलका लागि बोलाएको थियो ।

निर्माताले भने फिल्म सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ । ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् । फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिक बापत दिएको रकम फिर्ता मागेका थिए । तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७